‘छविजी अझै मेरो परिक्षणकालमा हुनुहुन्छ’ (भिडियो)
काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल अहिले चर्चाको केन्द्रविन्दुमा छिन् । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पाको चर्चाका दुई कारण छन् । उनी चलचित्र निर्माता बनेको कारण एक हो भने अर्काे कारण निर्माता छविराज ओझासँगको सम्बन्ध पनि हो ।
निर्माताको रुपमा उनले आफूले व्यवसायिक र राम्रो चलचित्र ‘मंगलम्’ बनाएको दाबी गरिरहेकी छिन् । मुख्य अभिनेत्रीको रुपमा समेत आफैले अभिनय गरेकी शिल्पाको ‘मंगलम्’का निर्देशक नवल नेपाल हुन् ।
निर्माता छविसँगको सम्बन्धको विषयमा भने उनले खुलेर मुख खोलेकी छैन । अभिनेत्री रेखा बाहिरिने बितिक्कै छवि क्याम्पमा भित्रिएकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा बेला बेलामा गसिपको बिषय बन्दै आएको छ । केही पहिले छविले नै निर्माण गरेको एक चलचित्र प्रचारका क्रममा एक वर्ष भित्र छविसँग लगनगाँठो कस्ने बताएकी उनले अहिलेसम्म त्यो वाचा गरेकी छैन् ।
‘लज्जा’पछि छविकै क्याम्पमा ‘हबलदार सुन्तली’, ‘किस्मत २’ लगायत चलचित्र अभिनय गरेकी शिल्पाले छविसँग विवाहको निर्णय गरेको केही मिडियाले यस आगडि पनि समाचार समेत बनाएको थिए । ‘एक वर्षभित्रै हाम्रो विवाह हुन्छ । बुबाआमालाई बल्लबल्ल मनाएँ’’ उनले अन्तवार्ता नै दिएकी थिइन् । तर रातोपाटीसँग अहिले कुरा गर्दै उनले छविसँगको विवाहको विषय अहिले टुङ्गो नलागेको बताइन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘मंगलम्’को प्रचार प्रसारको दौडधुपमा रहेकी शिल्पाले भिडियो कुराकानी गर्दै पतिको रुपमा छविलाई आफुले अहिलेसम्म रोजी नसकेको बताउदै आफ्ना लागि उनी उपयुक्त छन् वा छैनन् भन्ने जाँचिरहेको बताइन् ।
उनीसँगको थप कुराकानी भिडियोमा :
भिडियोमा समस्या भए यहाँ क्लिक गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण