पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतङ्क मच्चाइरहेको बताउँदै समाधानका लागि आग्रह गरे ।
उनले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताए । अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरको कारण किसानको उठिबास भइरहेको बताउँदै समाधानका उपाय पहिल्याउन सरकारको धयानाकर्षण गराए । बैठकमा सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिमा खाद्य डिपो स्थापनाका लागि आग्रह गरे । सांसद मनिष झाले मधेश सरकार हाल उपनिर्वाचनको तयारीमा बारामा मात्र केन्द्रित भएको भन्दै जनताका सरोकारका विषयमा काम गर्न आग्रह गरे ।
सांसद महेशकुमार बर्तौलाले गाईमा देखिएको रोगका कारण किसान प्रभावित भएको उल्लेख गर्दै यसको समाधानका लागि भ्याक्निको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद माधव सापकोटाले मनसुनजन्य विपद्बाट वर्षेनि हुने क्षतिका बारेमा जानकारी गराउँदै त्यसको समाधानका लागि पूर्व तयारी गर्न आग्रह गरे । सांसद मैना कार्कीले सशस्त्र द्वन्द्वमा जघन्य अपराध भएको बताउँदै पीडितलाई न्याय दिलाउन यससम्बन्धी विधेयकमा भएका त्रुटी सच्याएर मात्र पारित गर्नुपर्ने माग गरिन् । सांसद मञ्जु शर्मा अन्सारीले मल बिऊ समयमै उपलब्ध गराएर किसानका समस्या समाधानका लागि आग्रह गरिन् ।
सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भइ सांसदका प्रश्नको जवाफका लागि आग्रह गरे । सांसद राजु थापाले स्याङ्जामा आगामी बजेटमा समावेश गरी बाटोको करिडोर निर्माण समावेश गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद राजनकुमार केसीले मुलुकमा राजश्व कम उठेको बताउँदै तत्काल आम्दानी र खर्चमा सन्तुलन ल्याउन अर्थमन्त्रीसँग आग्रह गरे । सांसद रामकृष्ण यादवले मुलुक सङ्घीयतामा गइसकेपछि दुई पटक तीन तहका निर्वाचन भए पनि जनताले गरेको धेरै अपेक्षा पूरा गर्न नसेकोप्रति सबै जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
सांसद रुपा विकले किसानलाई कृषि, बीउ र कृषि सामग्री समयमै उपलब्ध हुनुपर्ने व्यवस्था गर्न आग्रह गरिन् । सांसद रेखा यादवले नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्न तत्काल नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन सरकारसँग माग आग्रह गरिन् । सांसद लक्ष्मी तिवारीले मुलुकभित्रका केही अपस्तालमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्दै त्यसको कडा निगरानी गरी दोषीलाई कारबाही गर्न माग गरिन् । सांसद लीलादेवी बोखिमले राष्ट्रिय प्राथमिकताका सडक निर्माण अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण