हेट स्टोरी ४ को ट्रेलरपछि उर्वशीलाई ज्यान मार्ने धम्की
मुम्बई । अभिनेत्री उर्वशी रौतेलालाई अहिले ज्यान मार्ने धम्की मिलिरहेको छ । उनलाई यस्तो धम्की चलचित्र ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज पछि लगातार आइरहेको छ । ट्रेलरमा अभिनेत्री उर्वशीले बोलेको केही शब्दले उनको बिरोध समेत भइरहेका छन् ।
चलचित्र मार्फत उनले द्रौपदीको अपमान गरेको आरोप लागेको छ । यसकारण पनि उनलाई ज्यान मार्ने धम्की मिलेको हो । ट्रेलरमा उनले आफ्नो तुलना द्रौपदीसँग गरेकी छन् ।
‘द्रौपदीका त पाँच पति थिए । मेरो त मात्र दुई रहेका छन्,’ ट्रेलरमा उनले बोलेको डाइलग हो यो । यी डाइलगले मानिसलाई भड्काएको आरोप उनी माथी छ ।
ट्रेलर सार्वजनिक हुने बितिकै प्रतिक्षित सुचिमा रहन सफल चलचित्र अहिले विवादमा समेत फस्दै गएको छ ।
ट्रेलरमा उवर्शी निकै बोल्ड अन्दाजमा देखिएकी छन् ।
चलचित्रमा उनका साथ अभिनेता करण वाही, विवान भटेना र गुलशन ग्रोवर समेत मुख्य भुमिकामा रहेका छन् । चलचित्रमा उर्वशीले दुई भाइसँग अफेयर गर्ने केटीको भूमिका निर्वाह गरेकी छन् ।
विशाल पाण्ड्या निर्देशित चलचित्रमा उर्वशी अहिले सम्मकै हट अवतारमा देखिँदै छिन् । ९ मार्चमा रिलिज हुने चलचित्र हेट स्टोरीको यो चौथो संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण