के गम्भीर बिरामी छन् इरफान ?
मुम्बई – बलिउड अभिनेता इरफान खान बिगत १५ दिनदेखि कुनै गम्भीर बिमारीसँग लडिरहेका छन् ।
उनले शेयर गरेको एक ट्वीटबाट शो अनुमान लगाउन सकिन्छ ।
५१ वर्षीय इरफानले सामान्य ट्वीट बाहेक यस बिषयमा अगाडि केही खुलाएका छैनन् । आफ्ना बारेमा बिभिन्न अनुमान नलगाउन मिडियालाई अनुरोध गरेका उनले यस बिषयमा १० दिनमा आफै खुलासा गर्ने बताएका छन् ।
‘कयौ पटक एक झड्काका कारण म निन्द्राबाट जाग्ने गरेको छु’ उनले अगाडि लेखेका छन् ‘१५ दिन देखि मेरो जिन्दगी सस्पेन्स स्टोरी जस्तो भएको छ । दुर्लभ स्टोरी खोज्दा खोज्दै आफै दुर्लभ विमारीको सिकार भएको छु’, उनले अगाडि उल्लेख गरेका छन् ।
हमेशा आफ्नो रोजाइका लागि फाइट गर्दै आएको बताएका इरफानले फ्यान र परिवारको साथले बिमारीबाट पनि मुक्त हुने अनुमान लगाए ।
१० दिन भित्र आफ्नो परिक्षण सकिनेछ र बिमारीको पहिनाच हुने बताएका इरफानले बिमारकिा बिषयमा आफ्नै मुखले सबैलाई जानकारी दिने बताए ।
इफान छिट्टै चलचित्र ‘ब्ल्याकमेल’मा समेत देखिदैछन् । फुटपाथ, बिल्लु, पिकु, लगायत धेरै चलचित्रमा काम गरेका इरफान पछिल्लो समय ‘करीब करिब सिंगल’ चलचित्रमा देखिएका थिए ।
उनको नयाँ चलचित्र ६ अप्रिलमा रिलिज हुँदैछ । यसको अलवा उनी ‘पजल र ‘कारवा’ जस्ता चलचित्रमा समेत काम गर्ने तरखरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण