बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वेस्ट एक्टरको ओस्कर अवार्ड १२ घण्टामै हराएपछि...

बुधबार, २३ फागुन २०७४, ११ : ४६
बुधबार, २३ फागुन २०७४

एजेन्सी– एकेडमी अवार्ड २०१८ मा हलिउड एक्ट्रेस फ्रान्सेस मैकडोरमेन्डलाई उनको सिनेमा ‘थ्री बिलबोर्डस’का लागि बेस्ट एकटे«सको अवार्ड दिएको थियो । तर अचम्मको कुरा के छ भने उनले ओस्कर पुरस्कार लिएको १२ घण्टामै चोरी भएको छ ।
वास्तवमा मैकडोरमेन्ड एउटा कार्यक्रममा गएकी थिईन् जहाँबाट उनको अवार्ड चोरिएको हो । त्यस्तो भएपछि उनी निकै दुःखी हुँदै रुन थालेको सञ्चार माध्यमहरुले जनाएका छन् । उनी रुँदै गरेको तस्विरहरु सामाजिक सञ्जालमा शेयर भैरहेको छ ।
पछि प्रहरीको अनुसन्धानबाट अवार्ड भेटिएको छ र अवार्ड चोरीको आरोपमा ४७ बर्षिया एक युवालाई प्रहरीले पक्राउ गरेको छ । यस बर्ष ओस्कर अवार्ड पाउने ‘द शेप अफ वाटर’लाई १३ वटा भिन्दा भिन्दै श्रेणीमा चयन गरिएको थियो जसमा उक्त सिनेमाले ४ वटा अवार्ड हात पारेको थियो ।
हालिउडको सबै भन्दा प्रतिष्ठीत अवार्डको कार्यक्रम ५ मार्चमा क्यालिफोर्नियाको डोल्बी थिएटरमा गरिएको थियो । जुन ९०औँ ओस्कर अवार्ड कार्यक्रम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप