यी हुन् बलिउडमा सबैभन्दा धनी हिरोइन
मुम्बई– हिरोको तुलनामा हिरोइनलाई निकै कम फिस (पारिश्रमिक) दिइने समाचार बेलाबेलामा सार्वजनिक नभएका होइनन् ।
यस्तो अवस्थामा पनि केही हिरोइन भने आफ्नो काम र क्षमताका बलमा करोडौँ कमाउन सफल छन् । यी हुन् बलिउडका ७ धनी हिरोइन ।
सोनाक्षी सिन्हा – सोनाक्षी बलिउडकी सबैभन्दा कम समयमा सफल हुने अभिनेत्री हुन् ।
छोटो समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल यी अभिनेत्रीका साथमा अहिले १ करोड डलर सम्पत्ति रहेको छ ।
दीपिका पादुकोण – दीपिका बलिउडमा अहिले सबैभन्दा डिमान्ड र महँगी हिरोइन् हुन् ।
अभिनयमा भित्रिएको छोटो समयमा हिट अभिनेत्रीको सूचीमा नाम लेखाउन सफल उनीसँग पनि १ करोड डलर सम्पत्ति रहेको छ ।
विपासा वासु – बिपासा बलिउडकी सफल अभिनेत्रीमध्येकी एक हुन् ।
उनी जहिले पनि बोल्ड लुकका कारणले चर्चामा रहने गरेकी छन् । उनका साथमा अहिले १ करोड ५० लाख डलर सम्पत्ति रहेको छ ।
विद्या बालन– पाँच फिल्मफेयर अवार्ड विजेता विद्याले हम पाँच चलचित्रबाट अभिनय करियर सुरु गरेकी हुन् ।
योपछि उनले दुई सुपरहिट चलचित्र लगातार दिइन् । उनको साथमा पनि अहिले १ करोड ५० लाख डलर सम्पत्ति छ ।
सोनम कपुर – सोनम अमिर परिवारकी छोरी पनि हुन् । उनले बलिउडमा केही सुपरहिट चलचित्रसमेत दिएकी छन् ।
‘सावरिया’बाट चलचित्र यात्रा थालेकी सोनमका साथमा अहिले १ करोड ५० लाख डलरभन्दा बढी सम्पत्ति छ ।
ऐश्वर्या राय वच्चन – वच्चन खानदानकी बुहारी ऐश्वर्या केही समय चलचित्रबाट टाढा रहेकी थिइन् । अहिले पुनरागम गरिसकेकी छन् ।
उनी बलिउडकी सबैभन्दा धनी हिरोइन पनि हुन् । उनको साथमा २ सय ३५ करोड सम्पत्ति रहेको छ । उनी अहिले पनि सबैभन्दा राम्रो ब्यानरको रोजाइमा पर्ने गरेकी छन् ।
प्रियङ्का चोपडा– बलिउड चलचित्रका अलवा हलिउड प्रोजेटमा समेत काम गरिरहेकी प्रियङ्का केही वर्षयता अलि सेलाएकी छन् ।
उनको साथ अन्य हिरोइनभन्दा धेरै कम जम्मा ५५ करोड डलर मात्र सम्पत्ति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण