बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जनशक्ति नथपिए पनि बिओपी थपेका छौँ : आईजीपी अर्याल

सोमबार, १८ वैशाख २०८०, १३ : ४७
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका हुन् ।

सशस्त्र प्रहरी नियमावली  र कार्यविधि अनुसार सरुवा र बढुवा गरेको अर्यालले बताए । उनले भने, ‘योग्यता र क्षमता अनुसार सरुवा र बढुवा गरेका छौँ ।’

सशस्त्र प्रहरीको जनशक्ति कम भएको उल्लेख गर्दै आईजीपी अर्यालले थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको सङ्ख्या थप्ने बताए । अर्यालले भने–‘जनशक्ति नथपिए पनि बोर्डर आउट पोस्ट थपेका छौँ ।’

संरचनात्मक कार्य अन्तर्गत सशस्त्र प्रहरीले सीमा सुरक्षा चौकीहरू थप गर्दै लाने योजना बनाएको छ । पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका २१ ठाउँमा बिओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बिओपीको सङ्ख्या २ सय २९ पुगेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप