भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन
बुधबार, १० जेठ २०८०, ११ : २२

भारतका चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । हालसम्म प्राप्त जानकारीका अनुसार उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको हो ।
नितेश पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका छन् । केही समय अघि उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए ।
टिभी अभिनेता देवेन भोजानीले नितेशको निधनको खबर दिँदै उनको राती दुई बजे कार्डियाक अरेस्टका कारण निधन भएको जानकारी दिए ।
उनले ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरसजस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?