अजय बन्नेछन् कपिलको नयाँ शोको पहिलो पाहुना
मुम्बई – कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’का साथ देखिँदै छन् । उनको यो कार्यक्रम २५ मार्चबाट सोनी टिभीमा सुरु हुँदैछ । कपिलले यो शोको पहिलो गेस्ट अजय देवगन बनाउने भएका छन् ।
अजयले यो कार्यक्रममा आफ्नो आउँदो चलचित्र ‘रेड’को प्रमोशन गर्नेछन् । जुन चलचित्र १६ मार्चमा रिलिज हुँदैछ । यस अगाडि गतबर्ष अजय कपिलको ‘द कपिल शर्मा शो’मा चलचित्र ‘बादशाओ’ लिएर पुगेका थिए । तर कपिल शर्माले शोको सुटिङ रद्द गर्दिएकोले अजय रिसाएका थिए ।
केही मिडियाले यो घटनाको अजय र कपिल बिच मनमुटाव शीर्षकमा अनेक समाचार समेत बनाएका थिए । समाचारमा अजयले कपिलको शोमा कहिलै नजाने फैसला गरेको समेत भनिएको थियो । तर केही समय पछि अजयले कपिलका साथ आफ्नो केही गुनासो नभएको समेत बताएका थिए ।
खबरका अनुसार कपिलले अजयका साथ कार्यक्रमको प्रोमो समेत छायाँकन गरेका छन् । प्रोमोमा देखाइएको छ कपिल अजयलाई शोमा नित्याउन फोन गर्दछन् । तर अजय शोमा आउन तयार हुँदैनन् । केही समयपछि अजय शोका लागि फेरि राजी हुन्छन् । अहिलेको शोमा कीकु शारदा फिमेल गेटअपमा रहने छन्, भने चन्दन प्रभाकर साथीको भूमिकामा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण