रजनीकान्तसँग छेउमा बस्दा बढ्यो कुकुरको भाउ, ४ करोडसम्म तिर्न फ्यान तयार
मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिन अघि आएको थियो ।
चलचित्रको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो जसमा सपुरस्टार रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ ।
अहिले सो कुकुरलाई किन्नका लागि रजनीकान्तका फ्यानहरुको ताँती लागेको छ । अहिले कुकुरका लागि उनीहरु ४ करोड रुपैयाँसम्म तिर्न तयार देखिएका छन् ।
व्यवसायिक कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् ।
साइमन भन्छन्, ‘केही मानिसहरु यस कुकुरका लागि दुई करोड देखि चार करोड रुपैयाँसम्मको अफर गरिरहेका छन् ।’
तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु ठुक्राएको उनले बताए । ‘कसैले आफ्नो छोराछोरीको लिलामी गर्छ र ?’ उनी भन्छन् ।
मलेसियामा पनि रजनीकान्तको थुप्रै फ्यानहरु रहेका छन् । रजनीले त्यहाँ काबालीसहित कयौँ चलचित्रको सुटिङ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण