शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चक्कुको २० प्रहार, त्यसपछि ढुङ्गाकाे आघात : प्रेमीले गरिदिए १६ वर्षीयाकाे हत्या, सिसिटिभीमा कैद

मङ्गलबार, १६ जेठ २०८०, १४ : ००
मङ्गलबार, १६ जेठ २०८०

नयाँ दिल्लीमा किशोरीको हत्याको घटना सिसिटिभी फुटेजमा कैद भएको छ । राजधानीको शाहबाद डेयरी इलाकामा साहिल नामका व्यक्तिले १६ वर्षीया साक्षीको चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेका छन् । सिसिटिभी फुटेजमा देखिए अनुसार एउटा गल्लीमा भनाभनपछि साहिलले किशोरीलाई रोक्छन् र उनीमाथि अन्धाधुन्ध चक्कु हमला गर्छन्  ।

एक प्रत्यक्षदर्शीले प्रहरी अधिकारीलाई हमलाको जानकारी दिँदै तुरुन्त घटनास्थलमा आउन आग्रह गरे । अनुसन्धानपछि प्रहरीले घटनाबारे थप जानकारी पाएको छ । किशोरी हिँडिरहेका बेला अचानक साहिलले उनलाई रोकेको र चक्कुले अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । यति गर्दासमेत चित्त नबुझेका उनले किशोरीलाई ढुङ्गाले समेत हमला गरे ।

delhi murderसंक्षिप्त पोस्टमार्टमको रिपोर्टमा किशोरीको शरीरमा १६ वटा घाउ छन् । ढुङ्गाले हानेका कारण उनको टाउको फुटेको छ । 

प्रहरी अनुसन्धानमा मृतकको पहिचान १६ वर्षकी साक्षी र आरोपीको पहिचान साहिल पुत्र सरफराजको रूपमा भएको छ । किशोरी जनकराजकी छोरी थिइन् । प्रहरीका अनुसार साहिल र साक्षी सम्बन्धमा थिए । तर आइतबार उनीहरुबीच झगडा भएको थियो ।

त्यसपछि साक्षी आफ्नी साथी नितुको छोराको जन्मदिनमा सरिक हुन घरबाट निस्किएकी थिइन् । त्यति नै बेला साहिलले उनलाई गल्लीमा रोके । यी दुईबीच केही भनाभन भयो र हत्याको उद्देश्यले आएका साहिलले चक्कुले साक्षीमाथि हमला गरे । 

सिसिटिभी फुटेजमा आरोपीले साक्षीलाई चक्कु हानिरहेको स्पष्ट देखिन्छ । गल्लीमा मानिसको आवतजावत नभएको पनि होइन तर कसैले पनि उनलाई बचाउन खोजेनन् । साहिलले लगातार उनलाई हमला गरेर घटनास्थलबाट फरार भए । उता साक्षीलाई अस्पताल लगियो तर अस्पतालमा उनलाई मृत घोषणा गरिदियो ।

साहिल एसी र फ्रिज मेकानिक, बुवाको नाम सरफराज

साहिलका घरबेटीले उनका बुवाको नाम सरफराज भएको र उनी २ वर्षदेखि आफ्नो परिवारसँग बरवालाको जैन कोलोनीमा बसिरहेको जानकारी दिए । साहिल फ्रिज र एसी बनाउने काम गर्दथे । उनलाई बुलन्दशहरबाट सोमबार दिउँसो ३ बजे आफन्तको घरबाट पक्राउ गरियो ।

साहिल र किशोरी एक वर्षदेखि सम्बन्धमा, किशोरीले अर्कै केटाको नामको ट्याटु बनाएकी थिइन्

भारतीय सञ्चार माध्यममा बताइए अनुसार किशोरीको हातमा अर्कै कोटाको नामको ट्याटु बनाइएको थियो । उनी पहिला प्रवीण नामका केटासँग सम्बन्धमा थिइन् । यी दुईको एक वर्ष अघि ब्रेकअप भयो । त्यसपछि उनी साहिलसँग सम्बन्धमा आइन् । केही दिनदेखि किशोरीले पुनः प्रवीणसँग कुराकानी गर्न थालेकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप