प्रधानमन्त्रीको भारत भ्रमण
दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री
बुधबार, १७ जेठ २०८०, २० : २५
नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाह्रखम्बास्थित नेपाली दूतावास आएका छन् । प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा राजदुत शंकर शर्माद्वारा आयोजित रात्रिभोजमा उनी सरिक भएका हुन् ।
रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता छ दूतावासमा नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रे, भारतीय नेता भगत कोसियारी पनि उपस्थित छन् ।
चार दिने भ्रमणका सिलसिलामा आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री प्रचण्ड होटल मौर्यमा बसेका छन् ।
दूतावास आउनुअघि प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्राले होटेलमै गएर भेटेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण