प्रधानमन्त्रीको भारत भ्रमण
दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री
बुधबार, १७ जेठ २०८०, २० : २५

नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाह्रखम्बास्थित नेपाली दूतावास आएका छन् । प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा राजदुत शंकर शर्माद्वारा आयोजित रात्रिभोजमा उनी सरिक भएका हुन् ।
रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता छ दूतावासमा नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रे, भारतीय नेता भगत कोसियारी पनि उपस्थित छन् ।
चार दिने भ्रमणका सिलसिलामा आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री प्रचण्ड होटल मौर्यमा बसेका छन् ।
दूतावास आउनुअघि प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्राले होटेलमै गएर भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?