आँखा झिम्याएर कारण भाइरल प्रिया रणवीरका साथ बलिउड डेब्यु गर्दै
मुम्बई –आँखाको चालका कारण इन्टरनेटमा भाइरल भएकी मलयाली अभिनेत्री प्रिया प्रकाश एक पटक फेरि चर्चामा छाएकी छन् ।
यसपटक उनको चर्चाको कारण कुनै तस्बिर वा भिडियो नभएर अभिनय गर्न लागेको एक चलचित्र बनेको छ । अहिले समाचार सार्वजनिक भएको छ कि उनी चलचित्र ‘सिम्बा’ मा रणवीरका साथ देखिने छिन् । प्रियाका लागि यो गोल्डेन चान्स मानिएको छ ।
बताइएको छ कि चलचित्रमा मूख्य भुमिकाको रोल धेरै छैन । चलचित्रका निर्माता करण जौहर हुन् । उनले प्रियालाई रणवीरको जोडीका रुपमा प्रस्तुत गर्न लागेका हुन् । तस्बिर र भिडियो भाइरल भएपछिको भिडियो अन्तवार्तामा उनले आफ्नो रणवीरका साथ काम गर्ने चाहना रहेको बताएकी थिइन् ।
यस अगाडि यो चलचित्रमा श्रीदेवीको छोरी जाह्वी कपुर, सैफअली खानकी छोरी सारा अली खान र दीपिका पादुकोणको चर्चा थियो । अहिले प्रियाको नाम चर्चामा छ । निर्माता करणले एक अग्रेजी पत्रिकासँगको अन्तर्वाताको क्रममा ‘सिम्बा’मा प्रिया प्रकाश रहने बताएका थिए ।
तस्बिर भाइरल भएपछि प्रियालाई बलिउडका थुप्रै अफर समेत मिलेको थियो । तर कुनै पनि अफर उनले स्वीकारेकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण