शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता
मुम्बई । बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन । उनका लागि फ्यान जे गर्न पनि तयार छन् ।
यस पटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैँ छक्क परेका छन् । शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन् ।
शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ । हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए । जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए । यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।
कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौँ रेकर्ड तोडे । ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन् । यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण