भारतका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन
फिल्म र टिभी शृङ्खलाका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । ‘खून भरी मांग’, ‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गर्ने मंगल ढिल्लोंलाई हालै लुधियानाको एक क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।
उनको अस्पतालमा नै निधन भएको हो । मंगल ढिल्लोंको पैतृक गाउँ फरिदकोटमा पारिवारिक स्रोतले यसको पुष्टि गरेको छ । अभिनेता यशपाल शर्माले पनि एक फेसबुक पोस्टमार्फत उनको निधनको खबर पुष्टि गरेका छन् ।
शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंहले मंगलको निधनमा दुःख व्यक्त गरेका छन् ।
Saddened to learn about the demise of noted actor, writer, director and producer of Punjabi cine industry Mr Mangal Dhillon. It’s a big loss to the world of Indian Cinema. His captivating voice and theatrical displays will be missed by many. I extend my heartfelt condolences to… pic.twitter.com/Jh7Oxst9CP
— Sukhbir Singh Badal (@officeofssbadal) June 11, 2023
ट्विट गर्दै उनले लेखे, ‘पञ्जाबी सिनेमा उद्योगका चर्चित अभिनेता, लेखक, निर्देशक तथा निर्माता मंगल ढिल्लोंको निधनबारे थाहा पाएर दुःख लाग्यो । यो भारतीय सिनेमाको दुनियाँको लागि एक ठुलो क्षति हो । उनको मोहक आवाज र नाट्य प्रदर्शनलाई धेरैले याद गर्नेछन् ।’
मंगल ढिल्लों, पञ्जाबमा फरिदकोटमा बस्थे । मंगल ढिल्लोंको ‘करंट’, ‘जिंदगी एक जुआ’ र ‘हीर–रांझा’ जस्ता फिल्मका लागि परिचित छन् । सन् १९९४ मा उनले रितु ढिल्लोंसँग विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण