शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बुधबार पनि सकिएन बहस, ३ जना प्रतिवादीको तर्फबाट बिहीबार थुनछेक

बुधबार, ३१ जेठ २०८०, २३ : ०१
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा बुधवार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट बहस भएको छ ।

बुधवार प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।

बालकृष्ण खाणको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, खम्म बहादुर खाती र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गरे । मंगलबार खाणको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए ।

हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट ऋषिराम घिमिरे, मन्दिरा अधिकारी र रवीन्द्र भट्टराईले बहस गरेका छन् । पूर्व सभासद्  आङटावा शेर्पाको तर्फबाट अधिवक्ताहरु योगेन्द्र बहादुर अधिकारी, शरद कोइराला र मणिराज उपाध्यायले बहस गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप