बुधबार पनि सकिएन बहस, ३ जना प्रतिवादीको तर्फबाट बिहीबार थुनछेक
काठमाडौँ । शरणार्थी प्रकरणमा बुधवार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट बहस भएको छ ।
बुधवार प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।
बालकृष्ण खाणको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, खम्म बहादुर खाती र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गरे । मंगलबार खाणको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए ।
हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट ऋषिराम घिमिरे, मन्दिरा अधिकारी र रवीन्द्र भट्टराईले बहस गरेका छन् । पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट अधिवक्ताहरु योगेन्द्र बहादुर अधिकारी, शरद कोइराला र मणिराज उपाध्यायले बहस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण