शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

गण्डकी प्रदेश : बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख विनियोजन

शुक्रबार, ०१ असार २०८०, १६ : १४
शुक्रबार, ०१ असार २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेका हुन् । 

बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालन खेती गर्न कृषकलाई प्रवर्द्धन गरिने मन्त्री मगरले बताए । ‘कृषि क्षेत्रको अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने गर्ने, बजारीकरण गर्ने, सितभण्डार गर्न बजेट विनियोजन गरेको छु,’ उनले भने, ‘कृषिको व्यवसायीकारण गर्न र कृषि उत्पादन प्रांगारिक मल गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’ 

मन्त्री मगरले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको सुनाए । प्रदेश भित्रका ५ सय रोपनी जग्गाको चक्कालबन्दी गर्ने उनले सुनाए । प्रदेशका अधिकार भित्र रहेको सहकारीका क्रियाकलापमा नियमित र संघन अनुगमन गरिने उनले घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप