लुम्बिनीको बजेटबारे प्रतिपक्षको टिप्पणी : कनिका छरे जस्तै छ
शुक्रबार, ०१ असार २०८०, २१ : ४०
बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तै भएको टिप्पणी गरेको छ ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले कनिका छरे जस्तै भएको टिप्पणी गरेका हुन् । उनले सरकारले बजेट विभिन्न शीर्षकमा ल्याएको टिप्पणी गरेका छन् ।
उनले कांग्रेस माओवादीसहितको गठबन्धन सरकारले ल्याएको बजेटले प्रदेशको आर्थिक समस्यालाई समाधान गर्न नसक्ने बताए । बजेट हावादारी भएको उनको भनाइ छ ।
नेता गिरीले बजेटले जनताको जीवनस्तर सुधार्ने र विद्यमान संकटको सम्बोधन गर्न नसक्ने बताए । उनले कार्यकर्ता पोस्ने उद्देश्य बजेट लिएको बताए ।
नेता गिरीले लुम्बिनी सरकारले ल्याएको बजेटबाट समृद्धि हासिल गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण