बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीको बजेटबारे प्रतिपक्षको टिप्पणी : कनिका छरे जस्तै छ

शुक्रबार, ०१ असार २०८०, २१ : ४०
शुक्रबार, ०१ असार २०८०

बुटवल  । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तै भएको टिप्पणी गरेको छ ।

शुक्रबार लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले कनिका छरे जस्तै भएको टिप्पणी गरेका हुन् । उनले सरकारले बजेट विभिन्न  शीर्षकमा ल्याएको टिप्पणी गरेका छन् । 

उनले कांग्रेस माओवादीसहितको गठबन्धन सरकारले ल्याएको बजेटले प्रदेशको आर्थिक समस्यालाई समाधान गर्न नसक्ने बताए । बजेट हावादारी भएको उनको भनाइ छ । 

नेता गिरीले बजेटले जनताको जीवनस्तर सुधार्ने र विद्यमान संकटको सम्बोधन गर्न नसक्ने बताए । उनले  कार्यकर्ता पोस्ने उद्देश्य बजेट लिएको बताए । 

नेता गिरीले लुम्बिनी सरकारले ल्याएको बजेटबाट समृद्धि हासिल गर्न नसकिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप