बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहीदको पिताको भूमिका निभाइसकेका अभिनेता नरेन्द्र झाको निधन

बुधबार, ३० फागुन २०७४, १४ : ३२
बुधबार, ३० फागुन २०७४

मुम्बई –बलिउड अभिनेता नरेन्द्र झाको निधन भएको छ । हृदयघातका कारण उनको बुधबार बिहान ५ बजे निधन भएको हो । बाडा स्थित आफ्नै फर्म हाउसमा उनले अन्तिम सास लिएका हुन् ।

केही दिन पहिले पनि उनलाई ‘माइल्ड’ हृदयघाट भएको थियो । उक्त समय उनलाई कोकिलाबेन अस्पतालन भर्ना गरिएको थियो । उपचार पछि उनी रेष्टका लागि भन्दै आफ्नो फर्म हाउस पुगेका थिए ।

५५ बर्षीय नरेन्द्रले बलिउड अलवा कयौँ धारावाहिक चलचित्रमा पनि काम गरेका छन् । २०१४ मा प्रदर्शित बिशाल भारद्वाजको चलचित्र ‘हैदर’ बाट उनले बलिउडमा राम्रो पहिचान बनाएका थिए । चलचित्रमा उनको शाहीद कपुरको बुबाको भुमिका रहेको थियो ।

यसको अलवा उनले ऋतिक रोशनका साथ चलचित्र ‘मोहन जो दारो’मा पनि अभिनय गरेका थिए । उनले हालै बाहुबली अभिनेता प्रभासको २०१८ भित्र प्रदर्शनमा आउने एक चलचित्रमा समेत अभिनय गरेका छन् ।

मोडलिङबाट करियर सुरु गरेका उनले १९९२ बाट अभिनय करियर थालेका थिए । दिल्लीबाट अभिनय कोर्स पुरा गरेर उनी अभिनयमा होमिएका थिए ।

उनले शाहिद कपुरको ‘हैदर’, शाहरुख खानको ‘रईस’, सन्नी देओलको ‘घायल वन्स अगेन’का अलवा ‘हमारी अधुरी कहानी’, ‘फोर्स २’, ‘काबिल’ जस्ता चलचित्रमा काम गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप