बलिउडका यी फ्लप जोडी
मुम्बई – हिट चलचित्र दिने बलिउडमा थुप्रै जोडी छन् । ति जोडीको चर्चा हामीले धेरै पटक गरेका छन् । बलिउडमा यस्ता केही जोडी पनि छन् । जसले अहिलेसम्म एक पनि हिट चलचित्र दिन सकेनन् । आजको चर्चा बिषय यही हो ।
शाहरुख खान र रवीना टन्डन
बलिउडका सुपरस्टार शाहरुख र अभिनेत्री रवीनाले जोडीका रुपमा ‘ये लम्हे’ र ‘जमान दीवान’ चलचित्रमा काम गरेका थिए । तर दुबै चलचित्र सुपर फ्लप साबित भयो ।
संजय दत्त र लारा दत्त
चलचित्र ‘ब्लु’ र ‘जिन्दा’मा संजय र लाराले एकसाथ काम गरेका छन् । यी दुबै फिल्म सुपर फ्लप साबित भयो । यसपछि दुबैले एकसाथ अभिनय गर्न आट समेत गर्न सकेनन् ।
गोविन्दा र मनीषा कोइराला
गोविन्दा र मनीषाले एकसाथ चलचित्र ‘अचानक’ र ‘महाराजा’ अभिनय गरेका थिए । दुबैले जोडीका रुपमा काम गरेको चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन । यसपछि यी दुबै एकसाथ एकै चलचित्रमा देखिएका छैनन् ।
संजय दत्त र बिपाशाा बसु
संजय र बिपाशाले जोडीका रुपमा बलिउडमा कुनै हिट चलचित्र पनि दिन सकेनन् । यी दुबै चलचित्र ‘रुद्राक्ष’ र ‘लम्हा’मा देखिएका थिए ।
सोनाली बेन्द्रे र शाहरुख खान
शाहरुख र सोनालीको जोडी चलचित्र ‘डुप्लीकेट’ र ‘इग्लिश बाबु देसी मेम’मा बाँधिएको थियो । तर दुबै चलचित्रले राम्रो व्यवसाय गर्न सकेन । यसपछि यी कलाकार एकसाथ कुनै पनि चलचित्रमा देखिएका छैनन् ।
सैफ अली खान र ट्वीङ्कल खन्ना
सैफ अली र ट्वीङ्कलले ‘लभ के लिए कुछ बि करेगा’, ‘दिल तेरा दिवान’ र ‘ये है मुम्बई मेरी जान’मा काम गरेका थिए । तर यी सबै फिल्म फ्लप साबित भयो ।
संजय दत्त र अमीषा पटेल
संजय दत्त र अमीषा पटेलले पनि केही दुई चलचित्र एकसाथ अभिनय गरेका थिए । यी दुवैले ‘चतुर सिंह २ स्टार’ र ‘ताथास्तु’मा जोडी बाँधेका थिए । तर यी दुबै चलचित्र हिट हुन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण