संसद् अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएन : मन्त्री बस्नेत
बुधबार, २० असार २०८०, १९ : २८
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको आशय नसोधी राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताए । उनले प्रधानमन्त्रीको बोलेको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद् चल्न नदिनु संसदीय प्रक्रिया विपरीत भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको सदिच्छाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिच्छालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण