बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

थ्रेड्स एपले तपाईंबाट के–के लिन सक्छ ? डाउनलोड गर्नु अघि बुझ्नुहोस्

शुक्रबार, २२ असार २०८०, १४ : ३०
शुक्रबार, २२ असार २०८०

ट्विटरजस्तो नयाँ सोसल मिडिया प्लेटफर्म थ्रेड्स एप लन्च भएको केही घण्टामा नै करोडौँले डाउनलोड गरेका छन् ।

यो एपको विषयमा ट्विटरका मालिक एलन मस्कले थ्रेड्स एपको स्वामित्वमा रहेको कम्पनी मेटालाई वकिलमार्फत पत्र पठाएको छ । पत्रमा ट्विटरको गोप्य दस्ताबेज चोरेको र नक्कल गरेको आरोप लागेको छ ।

यसैबिच यो एप तीव्र रूपमा डाउनलोड भइरहेको  छ ।

तर थ्रेड्सको सन्दर्भमा गोपनीयतासँग सम्बन्धित केही चिन्ताहरू पनि व्यक्त गरिएको छ ।

jackगोपनीयतासँग सम्बन्धित चिन्ताका कारण थ्रेड्स एप युरोपेली सङ्घमा लन्च गरिएको छैन ।

यो चिन्ता सोसल मिडिया प्रयोग गने साधारण जनतादेखि ट्विटरका पूर्व सिइओ ज्याक डोर्सीले पनि चिन्ता व्यक्त गरिएको छ । 

ज्याक डोर्सीले ट्विट गर्दै भनेका छन्, ‘तपाईंका सबै थ्रेड्स हामीसँग जोडिएका छन् ।’

यो ट्विटको जवाफ दिँदै एलन मस्कले पनि लेखेका छन् – सही भन्नुभयो ।

ज्याकले यो ट्विटसँगै एप स्टोरको स्क्रिनसट पनि सेयर गरेका छन् । यसले थ्रेड्स एप डाउनलोड गर्दा कम्पनीले तपाईंबाट लिने डाटाको सूची समावेश छ ।

 

 

threadsथ्रेड्स डाउनलोड गर्दा कुन–कुन डाटा मेटासम्म पुग्छ ?  

– स्वास्थ्य र फिटनेस

– वित्तीय जानकारी

– प्रयोगकर्ताको जानकारी 

– तपाईंले इन्टरनेटमा के खोज्दै हुनुहुन्छ

– डायगोनोस्टिक

– तपाईंले के किनिरहनुभएको छ ?

– तपाईंको स्थान

– सम्पर्क अर्थात् फोन नम्बर र इमेल आइडी

– सर्च हिस्ट्री

– संवेदनशील जानकारी

– अन्य डाटा

यद्यपि, यदि हामी इन्स्टाग्राम एपको गोपनीयतासँग सम्बन्धित जानकारीलाई हेर्छौँ भने, थ्रेड र इन्स्टाग्राम बीच धेरै समानता देख्न सकिन्छ ।

elon muskट्विटर एप डाउनलोड गर्दा कुन–कुन डाटा कम्पनीसम्म पुग्छ ?

– खरिद

– सम्पर्क जानकारी

– प्रयोगकर्ताको जानकारी 

– तपाईं के सर्च गर्दै हुनुहुन्छ

– उपयोग डाटा

– स्थान

– फोन नम्बर

– सर्च हिस्ट्री

मार्क जुकरबर्गले सामाजिक सञ्जाल प्लेटफर्ममार्फत मानिसहरूको व्यक्तिगत जानकारी सङ्कलन गरिरहेको भन्दै बारम्बार आलोचना हुने गरेका छन् ।

धेरै पटक मेटा कम्पनीले गोपनीयताको मुद्दामा स्पष्टीकरण दिनुपरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप