अभिनय सिक्न मुम्बई पुगिन् नीति
काठमाडौँ । पूर्व मिस नेपाल नीति शाह यतिबेला मुम्बई पुगेकी छन् । अभिनय सिक्ने उदेश्यले उनी मुम्बई पुगेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएकी छन् । ‘अभिनय निखार्न, आफ्नो कौशल र आत्मविश्वासमा धेरै काम गर्नुपर्ने भएकाले अभिनयबारे थप सिक्न र जान्न मुम्बई आएको छु’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । सम्झौता गरेका फिल्महरु स्थगित भैरहँदा आफूले समय बर्बाद गरिरहेको महसुस भएको उनको धारणा छ ।
एक समय नीतिले धेरै फिल्मको अभिनय प्रस्ताव नकारिन् । अहिले उनी काम गर्न चाहन्छिन् तर अभिनय गर्ने भनेको फिल्मको काम अगाडि बढ्न सकिरहेको छैन । उनले सम्झौता गरेका सबै फिल्म केही न केही कारणले रोकिएको छ । नीतिले केही अगाडि अभिनय गर्ने भनेको फिल्म ‘हुतुतु’ अहिले बन्ने नबन्ने केही ठेगान छैन । त्यसपछि जोडिएको ‘एक्स ९’ को अवस्था पनि त्यस्तै हो ।
गत फागुनमा उनी तेस्रो फिल्मको रुपमा ‘कामिनो’ मा जोडिएकी थिइन् । केही हप्ता कार्यशालामा सहभागी भएपनि काम अगाडि नबढेकोले उनले फिल्मबाट हात झिकेकी छन् । फिल्म छाडेपछि उनी अहिले अभिनय सिक्नका लागि मुम्बईतिर हानिएकी छन् । त्यहाँ उनले अनुपम खेरको एक्टिङ स्कूलमा अभिनयको कोर्ष गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण