सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आफ्नो फिल्मको टिकट आफैँले किन्नुहुन्छ ?’ यो प्रश्नको जवाफमा शाहरुख खानले दिए यस्तो जवाफ

बिहीबार, २८ असार २०८०, १७ : ०६
बिहीबार, २८ असार २०८०

शाहरुख खानको फिल्म जवान छिट्टै सिनेमाघरमा रिलिज हुँदै छ । हालै जवान फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई अहिलेसम्म करोडौँले हेरिसकेका छन् ।  यस्तोमा शाहरुख खानले पठान फिल्म झैँ जवानको पनि प्रचार सुरु गरेका छन् । 

शाहरुख खानले ट्विटरमा #AskSrk सहित प्रशंसकको प्रश्नको जवाफ दिए । शाहरुख खान यस्तो मौकामा यस्तै गर्छन् भनेर अब धेरैलाई थाहा भइसकेको छ । 

शाहरुखले एक एक गरी हरेक प्रश्नको जवाफ ट्विटरमा दिए । यो प्रश्न पहिले पनि सोध्ने गरिएको थियो । विशेष गरी त्यतिबेला जब पठान फिल्मले एक हजार करोडको कमाई गरेको थियो ।

त्यतिबेला सोसल मिडियामा केही मानिसले शाहरुखलाई आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ भनेर सोधेका थिए । 

हब ट्विटरमा शहजाद कुरैशीले प्रश्न सोधे, ‘तपाईं आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ ?’

शाहरुखले जवाफ दिए, ‘तपाईं के आफ्नो कामको तलब आफैँले दिनुहुन्छ ?’

अर्का प्रशंसकले सोधे, ‘पठानले व्यापक कमाई गरेको छ, अब तपाईंले जवान लिएर आउनुभएको छ, यसबाट तपाईंले कस्तो आशा राख्नुभएको छ ?’

शाहरुखले जवाफ दिए, ‘एउटै आशा छ, सधैँ तपाईंहरुलाई मनोरञ्जन प्रदान गर्न सकूँ । आशा छ जवान तपाईंलाई राम्रो लाग्नेछ ।’

यस्तै अर्को एक जनाले सोधे, ‘फिल्ममा तपाईंको बाल्ड (तालुखुइले) लुक मनपर्यो । ’ यसमा शाहरुखले भने, ‘मलाई पनि मनपर्यो किनभने अब मसँग देखाउनका लागि ठुलो अनुहार छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप