रिहानाको एक वक्तव्यले स्न्यापच्याटलाई ८३ अर्ब नोक्सान
काठमाडौँ । चर्चित गायिका रिहानाले स्न्यापचाटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको छ ।
उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो ।
स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प प्रदान गरिएको थियो ।
सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए ।
लगत्तै रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको उक्त विज्ञापनको आलोचना गरेकी थिइन् ।
जसमा उनले लेखेकी छिन्, ‘स्न्यापच्याट, तिमी मेरो सबैभन्दा प्रिय एप होइनौँ । तर, यो गडबडी केको लागि । म यसलाई अज्ञानता भन्न चाहन्छु तर तिमी यति सारो मुर्ख पनि छैनौँ । तिमीहरु घरेलु हिंसाका पीडितहरुलाई गिज्याउने र मजाक बनाउने विज्ञापनमा पैसा खर्च गर्दैछौ । लाज शरम छैन ।’
यता, स्न्यापच्याटले पनि उक्त विज्ञापन गलत भएको बताउँदै उक्त विज्ञापन कसरी आयो भन्ने विषयमा अनुसन्धान शुरु गरिसकेको बताएको छ ।
यसअघि काइली जेनरले पनि स्न्यापच्याटको नयाँ डिजाइनको आलोचना गर्दा कम्पनीको शेयर ६ प्रतिशतले खस्केको थियो जसका कारण कम्पनीलाई १.३ अर्ब डलर घाटा लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण