यौनशोषणको मामिलामा जितेन्द्रलाई राहत
मुम्बई । भारतको उच्च अदालतले रवि कपुर अर्थात जितेन्द्रमाथि लगाइएको यौनशोषणको मामिलामा अगामी जाँचमाथि तत्कालका लागि रोक लगाइदिएको छ ।
न्यायाधीस अजय मोहन गोयलले जितेन्द्रको तर्फबाट एफआइआरलाई रद्द गर्न माग गर्दै दायर गरेको याचिकाको प्रारम्भिक सुनुवाई पछि यो आदेश दिइएको हो ।
जितेन्द्रविरुद्ध उनकै आफन्त पर्ने बहिनीले ४७ वर्षअघि भएको घटनालाई लिएर यौनशोषणको आरोप लगाएकी छिन् ।
प्राप्त जानकारी अनुसार घटनाको बेला पीडिता १८ वर्ष र जितेन्द्र २८ वर्षका थिए ।
आफूलाई जितेन्द्रको मामाको छोरी बताउने ती महिलाका अनुसार जितेन्द्र त्यतिबेला उनको घर आएका थिए ।
तर, जितेन्द्रलाई अचानक चलचित्रको सुटिङका लागि सिमला जानुपरेपछि उनी पनि सँगै गएकी थिइन् ।
मौकाको फाइदा उठाउँदै जितेन्द्रले त्यहाँको होटलमा उनको यौनशोषण गरेका थिए ।
ती महिलाका अनुसार आफ्नो आमाबाबु जिवित रहेसम्म आफूले यो कुरा उठाउन नमिल्ने भएको कारण उनीहरुको मृत्यु पश्चात मात्र यो कुरा उठाएकी हुन् ।
ती महिलाका अनुसार जितेन्द्र उनको बुवाको बहिनीको छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण