शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा प्रवेशबारे खबर फैलिएपछि अभिषेक बच्चनले दिए यस्तो प्रतिक्रिया

सोमबार, ०१ साउन २०८०, १६ : १८
सोमबार, ०१ साउन २०८०

बलिउड अभिनेता अभिषेक बच्चनले राजनीतिमा प्रवेश गर्ने खबरबारे प्रतिक्रिया दिएका छन् । पछिल्ला केही दिनदेखि अभिषेक बच्चन राजनीतिक प्रवेश गर्ने खबर आइरहेको थियो । 

यी रिपोर्टलाई गलत बताउँदै अभिनेताले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । अभिषेकले आफूलाई राजनीतिमा कुनै पनि रुचि नभएको र जीवनभर एक अभिनेताको रूपमा आफ्नो पहिचान कायम राख्न चाहेको जानकारी दिए ।

राज्य सभा सांसद हुन् जया बच्चन

अभिषेक बच्चनकी आमा जया बच्चन सन् २००४ देखि राज्य सभाको सांसद रहँदै आएकी छिन् । सन् २०१८ मा लगातार चौथो पटक उनलाई समाजवादी पार्टीको तर्फबाट राज्य सभा सांसदको रूपमा छानिएको छ । 

यस्तै, अभिषेक बच्चनका पिता अमिताभ बच्चन अहिलेसम्म पनि राजनीतिबाट टाढा छन् । वर्षौँ अघि उनले राजनीतिलाई फोहोरको खाल्डो भनेका थिए ।

अभिषेक राजनीतिमा आउने खबरले जया बच्चन पनि छक्क 

राजनीतिमा आउने खबरबारे सञ्चारमाध्यमसँग कुरा गर्दै अभिषेक बच्चनले आफू कलाकारको रूपमा मात्रै आफ्नो पहिचान कायम राख्न चाहेको बताए । टाइम्स नाउको स्रोतका अनुसार अभिषेक राजनीतिमा आउने खबरले अमिताभ र जया बच्चन पनि छक्क परे ।

टाइम्स नाउका अनुसार यो खबर मिडियामा आउने बित्तिकै जयाले अभिषेकलाई ‘कुनै छलफल नै नगरी यस्तो निर्णय कसरी लियौ ?’ भनेर सोधेकी थिइन् । स्रोतका अनुसार यसमा अभिषेकले उनलाई भने, ‘मैले तपाईंले के बारे भनिनँ ? त्यो मेरो मनसाय पटक्कै होइन ।’

राजनीतिबाट स्थायी अवकाश लिएको छु : अभिषेक

एक पुरानो अन्तरवार्तामा अभिषेकलाई आफ्नो परिवारको कुनै पनि सदस्य राजनीतिमा जोडिउन् भन्ने चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । त्यति बेला अभिषेकले भनेका थिए, ‘म आफ्नो परिवारका कुनै पनि सदस्यका लागि आफैँले निर्णय लिन सक्दिनँ । म यसबारे आफ्नो कुरा भने राख्न सक्छु । मैले राजनीतिबाट स्थायी अवकाश लिएको छु ।’

यसैबीच, २०१३ मा एक अन्तरवार्तामा अभिषेक बच्चनले आफ्ना आमाबुवा राजनीतिमा संलग्न रहेको तर आफूलाई त्यसमा रुचि नभएको बताएका थिए । उनले फिल्ममा मात्रै राजनीतिज्ञ बन्ने इच्छा व्यक्त गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप