सप्तकोशी किनारमा झगडा गर्ने थप दुई जना युवती पक्राउ
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारामा झगडा गरेको आरोपमा थप दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
असार २९ मा मादक पदार्थ सेवन गरेर ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेका थिए । सो घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–८ बस्ने १८ वर्षीय दुर्गा राई र २२ वर्षीय विनीता उराउ छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
कुटपिट भएकै दिन घटनामा संलग्न बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाशपुर घर भएकी १९ वर्षीय प्रिति लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिटमा संलग्न दुई जना अझै फरार छन् ।
सप्तकोशी किनारा स्थित राजाबासमा १९ वर्षीय मनिषा राई समेतलाई ‘बेइज्जत’ गरेको आरोप लगाएर निर्घात कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आरोपीतहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको डिएसपी राईले जानकारी दिए । प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण