माओवादीसँग एकता गर्न बाबुराम भट्टराईले पठाएको ९ बुँदे प्रस्तावमा के छ ? (प्रस्तावसहित)
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ ।
माओवादीसँग एकताका लागि संवाद गर्न गठित नेसपा संवाद समितिका संयोजक गंगानारायण श्रेष्ठले उक्त प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका थिए ।
एकतासम्बन्धी प्रस्तावमा नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्ने भन्दै सार र रुपबीच तादाम्यता मिलाउन पार्टी एकतापछिको एकीकृत पार्टीको नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्दछ । सार र रुपबिच तादाम्यता हुनुपर्दछ । त्यसैले नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्दछ’, नेसपाले माओवादीलाई पठाएको प्रस्तावको आठ नम्बर बुँदामा भनिएको छ ।
त्यस्तै आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव पनि नेसपाको रहेको छ । ‘मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्नेछ’, नेसपाले भनेको छ ।
साथै केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति) मा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।
आगामी साउन १७ गतेबाट सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भट्टराईको पार्टीका प्रस्तावबारे छलफल हुने नेताहरुको भनाइ छ ।
जसमा राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समिति, केन्द्रीय समितिमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।
त्यसैगरी नेसपाले संगठन समायोजन संख्यालाई भन्दा बृहत्तर समाजवादी ध्रुवीकरणको महान् उद्देश्यलाई केन्द्रमा राखेर गर्नुपर्ने र अध्यक्षपछि दोस्रो वरियतामा एक सहध्यक्षको व्यवस्था गर्नु पर्ने जनाएको छ । ‘सहध्यक्षको काम, कर्तव्य, अधिकार विधानमा व्यवस्था भए बमोजिम हुनेछ’, नेसपाको प्रस्तावमा भनिएको छ । नेसपाले संगठनात्मक सिद्धान्तमा एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सारेको छ । ‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ’, प्रस्तावमा भनिएको छ ।
साथै नेसपाले ध्रुवीरणका ६ आधारहरु तय गरेको छ । जसमा दार्शनिक, राजनीतिक, अर्थशास्त्र,समाजशास्त्र, संस्कृति तथा मनोविज्ञान, अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिलाई औँल्याएको छ ।
समाजवादी मोर्चा घोषणाअघि नै यो प्रस्ताव पठाइएको भएपनि पछिल्लो समय भट्टराईले एकतामा चासो नदिएको समेत बताइएको छ । यद्यपि नेसपाका एकता पक्षधर नेताहरुले एकताका लागि बाबुरामसमक्ष दबाब बढाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण