चेल्सीले सजिलै हरायो फुलहामलाई
काठमाडौँ । प्रि—सिजन टुरअन्तर्गत अमेरिकाको मेरिल्यान्डमा खेलिएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फुलहामलाई २—० गोलले हराएको छ । चेल्सीले सोमबार खेलिएको खेलमा दुवै गोल पहिलो हाफमै गरेको थियो ।
खेल सुरु भएको २०औँ मिनेटमा थिआगो सिल्भाले चेल्सीलाई अग्रता दिलाएका थिए । बेन चिलवेलको कर्नर पासमा सिल्भाले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । निर्धारित समयको ४१औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले टोलीका लागि दोस्रो गोल थपेका थिए ।
क्रिस्टोफरले प्रि—सिजन टुरमा गरेको यो तेस्रो गोल हो । फ्रान्सेली स्ट्राइकर क्रिस्टोफर पाँच करोड २० लाख पाउन्डमा जर्मन क्लब आरबी लिपजिगबाट चेल्सीमा आबद्ध भएका हुन् । फुलहामले भने खासै गतिलो प्रदर्शन गर्न सकेन । त्यसअघि अर्को खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३—३ गोलको बराबरी खेलेका थिए ।
*यसअघि तस्बिर अन्यथा परेकोमा सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण