उपचारका लागि लन्डन पुगेका इरफानको भावुक सन्देश
लन्डन – अभिनेता इरफान खान अहिले न्युरो एन्डोक्राइन ट्युमर रोगसँग लड्दै छन् । यो रोगको उपचारका लागि उनी अहिले लन्डन पुगेका छन् । लन्डनबाट उनले इस्टाग्राममा एक तस्बिर शेयर गर्दै भावानात्मक म्यासेज समेत लेखेका छन् ।
‘भगवान हामी सबैसँग वार्ता गर्दछन् । उनले हामीलाई बनाएका हुन् । रातको अन्धकारमा पनि हाम्रो साथमा रहने गर्दछन्,’ उनले अगाडी लेखेका छन् ‘जीवनमा राम्रो नराम्रो जे पनि हुन्छ । त्यसलाई हुन दिनुपर्छ । किनभने यो भावना अन्तिम होइन । यसको आसपासमा जे छ । त्यो नै जिन्दगी हो ।’
उनले जिन्दगीको बारेमा आफुलाई गम्भिर रुपमा थाहा भएको समेत उल्लेख गर्दै फ्यानको साथ अहिले चाहेको उल्लेख गरेका छन् ।
के हो न्युरो एन्डोक्राइन ट्युमर
एन्डोक्राइनट्युमर शरीरको त्यो भागमा हुन्छ जसले एन्डोक्राइन हार्माे रिलिज गर्दछ । यही कोशिका अनियन्त्रीत बढ्यो भने ट्युमरको रुप लिन्छ । यसको कयौँ ग्रेड हुन्छ । ग्रड १ र २ नर्मल हुन्छ । ३ ग्रेड सबैभन्दा खतरनाक हुन्छ । यो ग्रेडमा क्यान्सरको रुप पनि लिने गरेको छ । यदि ग्रेड ३ का ट्युमर भए यसका लागि किमोथेरेपी गर्नुपर्दछ ।
को हुन् इरफान ?
७ जनवरी १९६७ को जयपुरमा जन्मिएका इरफान नेशनल स्कुलअफ ड्रामाका पास आउट बिद्यार्थी हुन् । उनी सहज अभिनेताको रुपमा समेत चिनिएका छन् । १९८८ को फिल्म सलाम बम्बेबाट उनले अभिनयमा डेब्यु गरेका हुन् । उनका राम्रा फिल्म हासिल, मकबुल, लाइफ इन मेट्रो, साहब, पान सिंह तमोर लगायत धेरै छन् । उनले २०११ मा पद्यमश्री सम्मान पाएका थिए । २०१२ मा उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार समेत लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण