बिहारमा पत्रकारको गोली हानी हत्या
शुक्रबार, ०१ भदौ २०८०, ११ : २७

भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् ।
सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार आफ्नो बयान फेर्न दबाब दिइएको थियो ।
स्मरण रहोस्, दुई दिन अघि पनि अररियाको पलासी थाना क्षेत्रमा बस्ने तथा समस्थीपुरको मोहनपुर थानाको प्रभारीको हत्या पनि अपराधीले उनको पैतृक घरमा प्रवेश गरेर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप
-
नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियो : उपसभापति वाग्ले
-
‘३४० वटा कर्जा माछा, दुध र बाख्रामा रहेछन्, अर्को गुगल र च्याट जीपीटी आउँछ जस्तो हल्ला गरियो’
-
नीति तथा कार्यक्रममा प्रह्लाद बुढाथोकीको ७ बुँदे असहमति
-
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
-
सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छ : सांसद भट्टराई