कोशी प्रदेश सभा बैठकको कार्यसूची सार्वजनिक
सोमबार, ०४ भदौ २०८०, १४ : ५३
विराटनगर । कोशी प्रदेशसभाको दैनिक कार्यसूची तय भएको छ । जसअनुसार मुख्यमन्त्री उद्धव थापाले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय गरिएको छ ।
प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले बैठक दिउँसो १ बजेका लागि तय भएको भएपनि पौने ३ सम्म सुरु भने हुन नसकेको बताए ।
उनले जारी गरेको कार्यसूचीमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८(४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री माननीय उद्धव थापाले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने ।’
यसैबी प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण