जसका लागि सलमानको बहिनीलाई सम्बन्धविच्छेद गरे, अहिले उसैसँग ब्रेकअप
शुक्रबार, ०९ चैत २०७४, १३ : ४२
मुम्बई । अभिनेता पुलकित सम्राटले जुन नायिकाका लागि सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरासँग सम्बन्ध विच्छेद गरेका थिए, अहिले उनै नायिकाबाट पनि पुलकित अलग भएका छन् ।
हामी कुरा गर्दैछौँ, यामी गौतमको । मिडिया रिपोर्टका अनुसार पुलकितले यामीका लागि नै श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए ।
तर, अहिले लामो समयदेखि डेट गरिरहेका यामी र पुलकितबीच ब्रेकअपको खबर आएको छ ।
पुलकितले हालै दिएको एक अन्तर्वार्तामा उनी ‘सिङ्गल’ भएको बताएका थिए ।
यतिमात्र होइन, दुवैले एक अर्कालाई सामाजिक सञ्जालमा अनफलो गरिसकेका छन् ।
पुलकित र यामी किन अलग भए भन्ने कारण अहिले बाहिर आएको छैन ।
केही रिपोर्टका अनुसार यामीको परिवारले पुलकित मन पराउँदैन थिए । विवाहित पुरुषलाई डेट गरिरहेकोप्रति उनीहरुको आपत्ति थियो ।
उनीहरुले नै यामीले पुलकितसँग टाढा रहन सल्लाह दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण