दुई सचिवको हेरफेर : सामान्यमा सिंह, प्रधानमन्त्री कार्यालयमा पुष्कर
काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।
बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिएर पठाएको छ ।
सामान्यका सचिव पुष्करले यसअघि नै पटकपटक प्रधानमन्त्री र मुख्यसचिवलाई भेटेर सरुवा मागेका थिए । तर, प्रधानमन्त्रीले संघीय निजामती सेवा ऐनको टुंगो नलागुन्जेल मन्त्रालयमै बसेर काम गर्न निर्देशन दिएका थिए ।
माओवादीको कोटामा मन्त्री बनेका अमनलाल मोदीलाई प्रधानमन्त्रीले हटाएर जनमत पार्टीको नेतृ अनिता देवीलाई मन्त्री बनाइएको थियो । लगत्तै सचिव पुष्करले पुनः सरुवा मागेका थिए । संघीयमा ल्याइएका सचिव सिंहले यसअघि गृह मन्त्रालय, उद्योग मन्त्रालय लगायत दर्जनौँ कार्यालयमा काम गरेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण