प्रहरीमाथि करोडौँको सिक्का चोरी गरेको आरोप, चारजना पक्राउ
अलिराजपुर । मध्यप्रदेशको अलिराजपुरका दुई आदिवासी महिलाबाट ब्रिटिशराजको समयको २४० वटा सुनको सिक्का लुटपाट गरेको अभियोगमा सोण्डवा थानाका चार प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू विगत ३५ दिनदेखि फरार थिए । यद्यपि यी सिक्काहरू अहिलेसम्म फेला परेका छैनन्। अलिराजपुरका प्रहरी उपरीक्षक राजेश व्यासले चारै जनालाई पक्राउ गरी अगस्त ३१ सम्म प्रहरी हिरासतमा राखिएको बताए । पक्राउ परेकाहरू अग्रिम जमानतको लागि प्रयास गरिरहेका थिए ।
अलिराजपुरकी रामकु बवाडियाले आफू र बुहारी गुजरातको बजारीमा काम गर्न गएको बेला सुनका सिक्का फेला परेको बताएकी छन् । फेला परेको सिक्का आफूसँग लिएर आएको उनको भनाई छ । गाउँ फर्किएपछि २० वटा सिक्का आफूसँग राखेको र बाँकी जमिनमा गाडेको उनले बताए । तर यो खबर केही दिनमै गाउँमा फैलियो ।
रामकुका अनुसार जुलाई १९ मा सादा पोसाकमा चारजना प्रहरी उनको घरमा आएर ती सिक्का लिएर गएका थिए । रामकुले भनिन्, ‘प्रहरीले २३९ वटा सिक्का लिएर गए भने एक सिक्का हामीसँग राख्यौँ।’
त्यसको भोलिपल्ट रामकुले प्रहरीमाथि मुद्दा दायर गरेपछि उच्च प्रहरी अधिकारीले चार प्रहरीलाई निलम्बन गरेका थिए । भारतीय बजारमा यी सिक्काको मूल्य एक करोड भारु रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ७ करोडभन्दा बढी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण