पुनरागमन गर्दै चेल्सी काराबाओ कपको अर्को चरणमा
बिहीबार, १४ भदौ २०८०, ११ : १३
लण्डन । लिग टू टोली एएफसी विम्बेल्डनविरुद्ध पुनरागमन गर्दै चेल्सी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सी २–१ गोलले विजयी भएको हो ।
स्टामफोर्ड ब्रिजमा पाहुना टोलीले खेलको १९ औँ मिनेटमा नै अग्रता लिएको थियो । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले फल हानेपछि पाएको पेनाल्टीलाई जेम्स टिलेले सजिलै गोलमा परिणत गरेका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीले पनि पेनाल्टी पायो जसमा नोनी माडुएकेले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीको पुनरागमन पूरा गरे । अन्य खेलमा ब्ल्याकबर्न, बर्नली, लिंकन सिटी र एभर्टनले जीत हासिल गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण