भक्तपुरमा प्रहरी देखेपछि पेस्तोल फालेर युवक फरार भएपछि...
काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीमा पेस्तोल बोकेका दुईजना युवक र प्रहरीबिच जम्काभेट भएको छ । गस्तीमा खटिएको प्रहरीसँग जम्काभेट भएपछि ‘सर्च’ गर्न खोज्दा एक जना युवक फरार भएका छन् । करिब ३० वर्षका अश्विन दाहाल चेकजाँचको क्रममा फरार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
मंगलबार साँझ लोकन्थी स्थित कखरा स्कुल नजिकैबाट प्रहरीले उदयपुरको बलैया नगरपालिका घर भएका ४० वर्षीय जंगे माझीलाई भने पक्राउ गरेको छ । जंगेको साथमा एक थान कटुवा पेस्तोल भेटिएको डिएसपी पाठकले जानकारी दिए ।
बा.४३ प ९००० नम्बरको स्कुटरमा सवार अश्विन दाहालले फालेर भागेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । उनीहरूले लुटपाट गर्ने योजना बनाएर पेस्तोल लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण