आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा प्रहरी देखेपछि पेस्तोल फालेर युवक फरार भएपछि...

बिहीबार, १४ भदौ २०८०, १२ : ०४
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीमा पेस्तोल बोकेका दुईजना युवक र प्रहरीबिच जम्काभेट भएको छ । गस्तीमा खटिएको प्रहरीसँग जम्काभेट भएपछि ‘सर्च’ गर्न खोज्दा एक जना युवक फरार भएका छन् । करिब ३० वर्षका अश्विन दाहाल चेकजाँचको क्रममा फरार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।

मंगलबार साँझ लोकन्थी स्थित कखरा स्कुल नजिकैबाट प्रहरीले उदयपुरको बलैया नगरपालिका घर भएका ४० वर्षीय जंगे माझीलाई भने पक्राउ गरेको छ । जंगेको साथमा एक थान कटुवा पेस्तोल भेटिएको डिएसपी पाठकले जानकारी दिए ।

बा.४३ प ९००० नम्बरको स्कुटरमा सवार अश्विन दाहालले फालेर भागेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । उनीहरूले लुटपाट गर्ने योजना बनाएर पेस्तोल लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप