स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ
काठमाडौँ । सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले सिरहा नगरपालिका १७ माडर काली चोकबाट रकमसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका १७ माडर बस्ने ५२ वर्षीय प्रेमकुमार यादव र सोही नगरपालिका ७ बस्ने ४२ वर्षीय सञ्जयकुमार साह रेहका छन् ।
उनीहरुलाई प्रहरी चौकी खिरौना र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बीआर ७ सी ४२२४ नम्बरको हुन्डाइ स्यान्ट्रो कारमा भारतको जयनगरबाट नेपालतर्फ आइरहेका उनीहरुलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उनीहरुले कारको अगाडीको सिटमुनीको भागमा घर्रा जडान गरी कालो प्लाष्टिकमा स्रोत नखुलेको ४४ लाख रुपैयाँ लुकाई छिपाई ल्याएको प्रहरीको भनाई छ । उक्त रकम र कारसहित उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण