शंखमुलमा खुकुरी हानेको आरोपमा डेढ वर्षपछि युवक पक्राउ
आइतबार, १७ भदौ २०८०, २० : २४
काठमाडौँ । काठमाडौँको शंखमुलमा खुकुरी हानेको आरोपमा प्रहरीले डेढ वर्षपछि एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–११ घर भएका सुमन थापा मगर उर्फ निरज छन् ।
२०७८ चैत ९ मा शंखमुलमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको घटनामा सुमन संलग्न रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । सो घटनामा संलग्नहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको थियो ।
कपन बस्दै आएका ३० वर्षीय सुमनलाई चाबहिलबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । आरोपितलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण