शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

टन्सिल के हो, किन हुन्छ टन्सिलाइटिस ?

मङ्गलबार, १९ भदौ २०८०, ०७ : ४३
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । काठमाडौं उपत्यकाका अस्पतालका ओपीडीहरूमा टन्सिलाइटिसकाबिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् । 

वीर अस्पतालअन्तर्गत नाक,कान,घाँटी विभागका पूर्वप्रमुख तथा प्राडा दीपेन्द्र श्रेष्ठका अनुसार घाँटी टन्सिलाइटिसका कारण मात्रै नदुखेर अन्य धेरै कारणले दुख्न सक्छ । सबै घाँटी दुखाई टन्सिलाइटिस हुँदैन । 

घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बीचमा रहेको ग्रन्थीलाई टन्सिल भनिन्छ । सोही घाँटी पछाडिको दुईवटा ग्रन्थीमा संक्रमण हुनुलाई टन्सिलाइटिस भनिने प्राडा श्रेष्ठ जनाउँछन् ।

डा श्रेष्ठका अनुसार जिब्रोको तल्लो भाग र घाँटीको माथिल्लो भागको टन्सिलले फिल्टरको रुपमा काम गरी संक्रमण हुनबाट जोगाउन एन्टिबडी पनि बनाउँछन् । यदि टन्सिलले फिल्टरको रुपमा काम गरेन भने श्वासप्रश्वासका माध्यबाट भाइरस वा ब्याक्टेरिया संक्रमण हुन्छ ।

टन्सिलाइटिस तीन प्रकारको हुन्छ । जस्तै, ‘तीव्र टन्सिलाइटिस’ हुँदा सामान्यतया ३–४ दिनदेखि २ हप्तासम्म रहन सक्छ । अर्को ‘बारम्बार देखिने टन्सिलाइटिस’यो एक वर्षमा धेरै पटक पटक देखिन्छ । तेस्रोमा ‘क्रोनिक टन्सिलाइटिस’ यो तब हुन्छ, जब तपाईलाई लामो समयसम्म टन्सिल संक्रमण हुन्छ ।

टन्सिलाइटिस लक्षण
टन्सिलाइटिस भएपछि घाँटी दुख्छ । तर, टन्सिलाइटिसको घाँटी दुखाई अन्य घाँटी दुखाई भन्दा फरक हुने उनले बताए । सामान्यतया सबै उमेर समूहकालाई टन्सिलाइटिसका हुन सक्छ । यद्यपि अरु उमेर समूहका व्यक्तिलाई भन्दा साना बच्चाहरूमा टन्सिलाइटिसदोहोर्याएर लाग्ने गर्छ ।  

तीव्र टन्सिलाइटिस हुँदा बालबालिकालाई जस्तो अन्य उमेरमा ज्वरो आउने,पेट दुख्ने,उल्टी हुने, खान निल्ने समस्या हुन्छ । यस्ता छन्  टन्सिलाइटिस हुँदाका लक्षणः

–खान गाह्रो हुने
–थुक निल्न गाह्रो हुने
–घाँटी दुख्ने
–ज्वरो आउने
–टाउको दुख्ने
–भोक नलाग्ने
–कान दुख्ने
–श्वास गनाउने आदि ।

बालबालिकामा बढी टन्सिलटाइटिस 
373457867_596004036067381_5620214436523376092_nडा. श्रेष्ठका अनुसार वयस्कहरूको तुलनामा बालबालिकाहरूलाई टन्सिलटाइटिसको समस्या बढी हुन्छ । ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई ब्याक्टेरियाको संक्रमणका कारण टन्सिलाइटिस हुने सम्भावना हुन्छ । यस्तै, भाइरल (इन्फेक्सन) संक्रमणबाट हुने टन्सिलाइटिस धेरै साना बच्चाहरूमा बढी हुन्छ । 

त्यस्तै, वृद्धवृद्धाहरूलाई पनि टन्सिलटाइटिसको उच्च जोखिम हुन्छ । यद्यपि टन्सिलटाइटिस भाइरल (इन्फेक्सन) वा ब्याक्टेरियाको (इन्फेक्सन) हो भनेर थाहा पाउनका लागि घाँटीको स्वाव परीक्षण गरी थाहा हुन्छ । 

परीक्षणमा नकारात्मक नतिजा आएमा भाइरसका कारण संक्रमण भएको हुन सक्छ । बच्चाहरूमा पटकपटक टन्सिलटाइटिस भएमा मुटुको भल्बहरू बिग्रिने,बाथ रोग लाग्ने जस्ता समस्या देखिन सक्ने उनको भनाइ छ ।

जसलाई टन्सिलटाइटिसले धेरै पटक दुःख दिएको छ भने विशेषज्ञको सल्लाहमा अप्रेशन गर्न उपयुक्त हुने डा. श्रेष्ठको भनाई छ । डा.श्रेष्ठका अनुसार कुनै कुनै बच्चाको टन्सिल घाँटीमा एकदम ठूलो  छ । तर, सो टन्सिल दुख्ने भन्दा पनि ठूलो भई श्वास नली साँघुरो हुन्छ । जुन टन्सिलटाइटिसले बच्चाहरूमा हुँदा नदुख्ने घाँटीको टन्सिल ठूलो हुन्छ, उनीहरूको नाक पछाडिको भाग पनि ठूलो हुन्छ ।

नदुख्ने टन्सिलटाइटिस हुने४ वर्षदेखि १२ वर्षसम्मको बच्चाहरूमा नाकको पछाडि पट्टीको भागमा पनि मासु पलाउन सक्छ । जुन बच्चाहरूमा नाक,घाँटीको टन्सिल ठूलो छ, ती बच्चाहरू राती सुतेको बेलामा अत्याधिक घुर्ने, राम्रोसँग श्वासप्रश्वासमा समस्या हुने उनले बताए । समयमै उपचार नगरेमा आवाज पनि परिवर्तन हुने समस्या पनि आउन सक्छ ।

यस्ता समस्या कुनै बच्चाहरूमा देखिएमा अप्रेशनमार्फत् नाक पछाडिको टन्सिल र  घाँटीको टन्सिल झिकिएमा सधैँका लागि निको पार्न सकिने डा.श्रेष्ठले बताए ।

टन्सिलाइटिस भाइरल इन्फेक्सन हो । पछि गएर धेरैजसोमा ब्याक्टिरियल इन्फेक्सन हुने गरेको प्राडा श्रेष्ठले बताए ।ब्याक्टेरिया र भाइरल संक्रमणले टन्सिलाइटिस बनाउँछ । यसको सामान्य कारण स्ट्रेप्टोकोकस (स्ट्रेप) ब्याक्टेरिया हो, जसले स्ट्रेप थ्रोट निम्त्याउँछ । 

टन्सिल भएपछि के गर्ने?
टन्सिलटाइटिस भएपछि सामान्यतया स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । किनभने टन्सिलटाइटिस भएकामध्ये धेरैलाई भाइरल भन्दा पनि ब्याक्टेरियर (इन्फेक्सन) भएको पाइएकोले औषधिको सेवन गर्न उपयुक्त हुने उनले बताए । 

कहिलेकाहीँ टन्सिल हुनु सामान्य कुरा हो । तर,  कुनै कुनै मानिसमा पटक पटक टन्सिलटाइटिस हुने गर्छ । औषधि सेवन गरुजेन्ल निको हुने, औषधि सकिएपछि पुनः टन्सिलटाइटिस पाक्ने, सुनिने समस्याहरू उत्पन्न हुने उनले बताए ।

वर्षमा ४ पटक भन्दा बढी टन्सिलटाइटिस भई दुःख दिएमा बिरामीलाई अप्रेशन गराउनउनको सुझाव छ । उनले भने, ‘औषधि प्रयाग गरेर तत्काललाई निको पार्न सक्छौँ । पुनः टन्सिलटाइटिस निको पार्न नसकिने भएकाले टन्सिलटाइटिस बिग्रिसकेकाले क्रोनिक डिडिज भएकाहरूलाई टन्सिलटाइटिस अप्रेशन गर्नु उपयुक्त हुन्छ ।’

पटक पटक टन्सिलटाइटिस हुँदा एन्टिवाइटिकले काम नगर्ने, मुटु, बाथ जस्ता रोगहरूले सताउने भएकाले झन् धेरै समस्याहरू उत्पन्न हुने भएकाले चिकित्सकहरूको सल्लाहमा अप्रेशन गर्न उपयुक्त हुने उनको सुझाव छ । 

टन्सिलटाइटिस भएकाले के गर्ने ?
टन्सिलटाइटिस नै भनेर पत्ता लागिसकेपछि स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिवाइटिक नै सेवन गर्न उनको सुझाव छ । यस्तै, टन्सिलटाइटिस भएकाहरूले निम्न कुरामा ध्यान दिनुपर्छः
–मनतातो खानेकुरा खाने
–घाँटीलाई इरिटेसन गराउने खानीकुरानखाने । 
–धेरै चिसो खानेकुरा नखाने ।
–धेरै अमिलो खानेकुरा नखाने ।
जवसम्म घाँटी निको हुँदैन, तबसम्म घाँटीलाई (इरिटेसिन) गराउने  खानेकुरा नखाने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप