जबरजस्ती करणीको आरोपमा डाक्टर पक्राउ
मकवानपुर । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक अस्पताल संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक डाक्टर बसिम राई पक्राउ परेका हुन् ।
काठमाडौँ बूढानिलकण्ठ नगरपालिका-१० घरभई हाल हेटौंडा–१ स्वर्गलोक बस्दै आएका अस्पतालका संचालक ३६ वर्षीय डा. राईलाई जबरजस्ती करणीको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
डा। राईले आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई जबरजस्ती कारणी गरेको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले राईलाई पक्राउ गरी मंगलबार नै जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद समेत थप गरेको उनले बताए । डा। राईलाई हिरासत राखी घटनाबारे अनुसन्धान अघि बढाइएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण