बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोनमको विवाहको मिति तय, विश्वकै महङ्गो सहरमा बन्धनमा बाँधिने

आइतबार, ११ चैत २०७४, १७ : १६
आइतबार, ११ चैत २०७४

मुम्बई । बलिउडमा यतिबेला विवाहको सिजन नै चलेको छ । हालै मात्र श्रीया सरनले रसियन टेनिस खेलाडी आन्द्रेई कोशेचेवसँग विवाह गरेकी थिइन् भने अहिले सोनम कपुर पनि विवाहमा बन्धनमा बाँधिने चर्चा चलेको छ ।

एक चर्चित वेवसाइटको अनुसार सोनम हाल ‘वीरे दी वेडिङ’ को शुटिङमा व्यस्त रहेकी छिन् ।

शुटिङ सकिएपछि ११ वा १२ मेमा आफ्नो प्रेमी आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिने छिन् ।

यहाँ हुनेछ विवाह
सोनम र आनन्द विश्वकै महङ्गो सहरमध्ये एक स्वीटजरल्याण्डको जेनिभामा विवाहमा बन्धनमा बाँधिनेछन् ।

रिपोर्टका अनुसार सोनम आफ्नो बहिनी रियासँग मिलेर जेनेभमास्थित कयौँ समारोह स्थल हेरेकी थिइन् । उनले विवाहका लागि समारोह स्थल पनि चुनिसकेकी छिन् ।

सोनमले आफ्नो विवाहको कपडाको लागि फेसन डिजाइनल अबु जानी र सन्दीप खोसलालाई चुनेकी छिन् भने राल्फ र रुसोले सोनमको बाँकी कपडा डिजाइन गर्नेछन् ।

फ्लाइटको बुकिङ पनि भइसक्यो
रिपोर्टका अनुसार शादीको मिति र स्थान तय भएपछि पिता अनिल कपुरले प्लेनको बुकिङ पनि शुरु गरिसकेका छन् ।

त्यस्तै आफन्तहरुलाई विवाहको निम्ता पनि बाँड्न शुरु भइसकेको छ ।

को हुन् आनन्द ?
सोनम कपुरले सन् २०१६ मा पिता अनिल कपुरको ६० औँ जन्मदिनको अवसरमा आनन्द अहुजासँग प्रेम सम्बन्ध भएको सार्वजनिक रुपमा स्वीकार गरेकी थिइन् ।

आनन्द अहुजा दिल्लीका व्यवसायी हुन् । केही वर्षदेखि उनीहरु एक अर्कालाई डेट गर्दै आइरहेका छन् । उनीहरुलाई सँगै केही समारोह र युरोपमा छुट्टी मनाउँदै गरेको भेटिएको थियो ।

आनन्द एक फेसन ब्रान्डका मालिक हुन् । उनले व्हार्टन विजनेस स्कूल (अमेरिका) मा अध्ययन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप