अस्पतालको जनरल वार्डमा भर्ना छिन् सलमानकी पूर्व नायिका, यी सुपरस्टारले गरे सहयोग
मुम्बई । सन् १९९५ को चलचित्र ‘वीरगति’मा सलमानको हिरोइन बनेकी पूजा डडवाल पछिल्लो समय मुम्बईस्थित शिवडी टीबी अस्पतालमा उपचाररत छिन् ।
आर्थिक अभावका कारण उनको उपचारमा अप्ठ्यारो देखिएपछि भोजपुरी फिल्मका सुपरस्टार रवि किशन सहयोगका लागि अघि सरेका छन् ।
हालै सार्वजनिक भएको एक भिडियोमा पूजा अस्पतालको जनरल वार्डमा देखिएकी छिन् । उनलाई रवि किशन र एक व्यक्तिले फलफूल र आर्थिक सहयोग गरेको देखिएको छ ।
रविसँग पनि काम गरेकी छिन्
रवि किशनका सहयोगी पप्पू यादवले आफ्नो फेसबुक एकाउण्टमा यो भिडियो सार्वजनिक गरेका हुन् ।
रवि किशनले पूजासँग निर्देशक विनय लाडको एक चलचित्रमा काम गरेका थिए ।
रविले कति रकम सहयोग गरे भन्ने कुरा खुलेको छैन ।

पूजाले सलमानसँग मागेका थिए सहयोग
केही दिन अघि मिडियामा पूजा अस्पताल भर्ना भएको खबर आएको थियो ।
पूजाले मिडियासँग कुराकानी गर्दै आफूलाई ६ महिनाअघि टिबी भएको थाहा भएको बताएकी थिइन् ।
उनले सहयोगका लागि सलमानसँग सम्पर्क गर्न खोजेपनि त्यो सफल हुन नसकेको पनि बताएकी थिइन् ।
‘म पछिल्लो १५ दिनदेखि यो अस्पतालमा भर्ना भएकी छु,’ उनले भनेकी थिइन्, ‘यो भिडियो हेरे पनि सायद उनले मलाई केही सहयोग गर्ने छन् ।’
उनले पछिल्लो केही वर्ष आफू गोवाको एक क्यासिनोमा काम गर्ने गरेको र अहिले आफूसँग उपचारको लागि पैसा नभएको बताएकी थिइन् । ‘चिया पानीको लागि पनि म अरुमा आश्रित छु,’ उनले भनेकी थियन् ।
सलमानको संस्था बिइङ ह्युमनका अनुसार हालसम्म पूजाको सहयोगका लागि आधिकारिक रुपमा मद्दत माग्न कोही नआएको प्रतिक्रिया दिएको छ ।
यता, सलमानका प्रवक्ताले भने आफूले अस्पतालसँग सम्पर्क गर्दा उक्त अस्पतालका अधिकारीले त्यहाँ कोही नायिका भर्ना नभएको र टिबीको उपचार निःशुल्क हुने बताएको जानकारी दिए । उनले पूजाको
परिवारसँग सम्पर्क भए आफूलाई जानकारी दिन समेत मिडियासँग आग्रह गरे ।
मिडिया रिपोर्टका अनुसार पूजा बिरामी भएपछि उनको पति र परिवारका सदस्यले उनलाई एक्लै छाडेका छन् । जसले उनी थप समस्यामा परेकी छिन् ।
पूजाले ‘वीरगति’ बाहेक सिन्दुरकी सौगन्ध (२००२), हिन्दुस्तान (२००४), इन्तकाम र दबदबाजस्ता चलचित्रमा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण