अनलाइनमार्फत झुटो रिसिप्ट पठाएर ११ लाख ठगी
२२ वर्षीय युवक पक्राउ
बिहीबार, २१ भदौ २०८०, २१ : २२
काठमाडौँ । सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’लाई दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका घर भएका २२ वर्षीय सुसन घिमिरे छन् ।
इन्स्टामा विकास राना नामका व्यक्तिसँग कुरा गरेर आफु युकेमा भएको र औंठी गिफ्ट पठाउने बहानामा घिमिरेले ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
अनलााइनमार्फत सामान अर्डर गरेर बैंक खातामा रकम पठाउँछु भन्दै घिमिरेले खातामा रकम पठाएको झुटो रिसिप्ट पठाएर ठगी गरेका हुन् । उनले १० लाख ९५ हजार ५ सय रकम ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको एसपी रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण