सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशक एटलीले शाहरुखलाई दिए ‘जवान’ सफलताको श्रेय

शुक्रबार, २२ भदौ २०८०, १४ : २०
शुक्रबार, २२ भदौ २०८०

मुम्बई । अभिनेता शाहरुख खान र अभिनेत्री नयनतारा अभिनीत फिल्म ‘जवान’को सुरुवाती व्यवसाय राम्रो भएको छ । फिल्मले पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको यस अघिको रेकर्ड समेत तोडेको छ । 

फिल्मको सफलता र फ्यानबाट मिलेको मायाको प्रतिक्रियामा अभिनेता शाहरुख खानले पनि फ्यानलाई आभार व्यक्त गर्दै धन्यवाद समेत दिएका छन् । फिल्मका निर्देशक एटलीले पनि सफलताको श्रेय दर्शक र अभिनेता शाहरुखलाई दिएका छन् । 

बिहीबार मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जवान’को सफलताका श्रेय शाहरुख खान र फिल्मलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद ।’ उनले हर कुनै व्यक्तिले शाहरुख खानलाई माया गर्ने समेत बताए ।

‘जवान’ ७ सेप्टेम्बर रिलिज भएको हो । रिलिजको दिनबाटै समर्थकले चलचित्र घर र बाहिर नाचेको, पटाका फोरेको र रंगहरु छरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । अहिले गरिरहेको आम्दानीबाट फिल्म एक मेगा ब्लकबस्टर साबित हुने अनुमान गर्न सकिन्छ । 

फिल्ममा शाहरुख खानको अलवा नयनतारा, विजय सेतुपति र रिद्धि डोगराको भूमिका छ । दीपिका पादुकोण पनि फिल्ममा अतिथि भूमिकामा देखिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप