स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँसहित २० वर्षीय युवक पक्राउ
शुक्रबार, २२ भदौ २०८०, १७ : ५४
धनुषा । स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँ नगदसहित अन्दाजी २० वर्षीय युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जनकपुरको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित सडकबाट भारतीय नागरिक राजेश साहलाई पक्राउ गरेको हो ।
उनले बोकेको झोला समेतको खानतलासी गर्दा १ हजार दरको नोट १८५० थान र ५ पाँच सय दरको नोट ४०० थान गरी जम्मा बीस लाख पचास हजार रुपैयाँ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
राजेश साहलाई आवश्यक कारबाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण