अमेरिकाको टेक्सासमा बसेर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । ‘अमेरिका पठाउँछु’ भनेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले अमेरिकाको टेक्सामा बस्दै आएका हस्त गौतम उर्फ मृदुललाई पक्राउ गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका घर भएर अमेरिका बस्दै आएका गौतमलाई बुधवार रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई बताए ।
एजेन्टहरुमार्फत ‘अमेरिका सपना’ देखाएर गौतमले ठुलो रकम असुल्ने र थप पैसा माग्दै विभिन्न देशहरुमा बन्धक बनाएर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले आफ्नो बेस मेक्सिकोमा बनाएर असुली गर्दै आएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रारम्भिक अनुसन्धानबाट गौतमको समूहले २ करोडभन्दा बढी असुलेको डिएसपी विष्टले जानकारी दिए । उनको समूहले नेपाली नागरिकहरुलाई अमेरिका पठाउने नाममा दुबई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरुमा लगेर राहदानी र मोबाइल जफत गरेर ठुलो रकम माग्ने गरेका थिए ।
अमेरिका पठाउने नाममा विभिन्न मुलुकमा लगेर बन्धक बनाएको आरोपमा गौतम सहितका प्रतिवादीहरुविरुद्ध ५ वटा मुद्दा दर्ता भएको छ । यसअघि ब्यूरोले कमल तामाङसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । फरार हस्त गौतमलाई पक्राउ गरेर ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।
आरोपीतहरुले अमेरिका पठाउने नाममा ६ जनालाई बेचबिखन गरेको र तीमध्ये २ जनाको उद्धार गर्न पक्रिया जारी रहेको प्रहरीको भनाई छ । हस्त गौतमले २ सय नेपालीलाई अमेरिका पठाएको बयान दिएका छन् ।
प्रारम्भिक अनुसन्धानबाट १३ जना नेपालीलाई गौतमको समूहले अलपत्र बनाएर छाडेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण