प्रहरीबाट लुटिएको चाइनिज पेस्तोलसहित ६ जना पक्राउ
मोरङ । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बुढिगंगा गाउँपालिका ४ बस्ने ४० वर्षीय रिवजवन मिया, भारत घर भई हाल सुनसरीको दुहबी नगरपालिका ६ बस्ने ४० वर्षीय मो.आलम, मोरङ बुढिगंगा गाउँपालिका ५ बस्ने २१ वर्षीय नजरुल मिया र बुढिगंगा गाउँपालिका ४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन् ।
पक्राउ परेकाहरुबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान रड ३ थान, धारिलो चक्कु २ थान, पेचक १ थान बरामद गरिएको प्रहरीेले जानकारी दिएको छ । बरामद चाइनिज पेस्तोल इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट अपरेशनको लागि खटिएको प्रहरी टोलीलाई आक्रमण लुटिएको प्रहरीले जनाएको छ ।
उनीहरुबाट भारतीय नम्बर प्लेटको बीआर ३८४– ७६८० नम्बरको सुपर स्पेलन्डर र को २२ प ५९०१ नम्बरको आर १५ मोटरसाइकल, एक लाख पचहतर हजार दुई सय नेपाली रुपैयाँ र एघार हजार ६ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
त्यस्तै सुनको जस्तो देखिने झुम्का १ जोेर, तिलहरि १ थान, चाँदीको जस्तो देखिने सिक्री १ थान, पाउजु १ जोर र स्मार्ट फोन ११ थान बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुबाट ५ थान बटन फोन र १२ थान मेमोरी कार्ड समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण