अल्वानियामा काम लगाइदिने भन्दै ठग्ने २४ वर्षीया युवती पक्राउ
मङ्गलबार, २६ भदौ २०८०, १६ : २७
काठमाडौँ । वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ०४ स्थायी घर भई हाल सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिने भन्दै दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो ।
विभागपत्रको आधारमा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण